काम (जागिर) वा बच्चा हेरचाह आदिको कारणले, सेन्दाई जापानिज भाषाकक्षामा भाग लिन नसक्नु भएकाहरुको लागी, जापानिज भाषा सिक्न सहायता गर्नेको लागि जापानी भाषा स्वयंसेवकहरुको परिचय गराई राखेका छौ।
लक्षित अलिकति पनि जापानिजभाषा नजान्ने अथवा सुरुवाती स्तरको भाषा दक्षता भएका, दैनिक जीवनयापन गर्न कठिनाई भएका व्यक्ति
अवधि भाषा सिक्न सहयोग सुरु गरेपछि सैधान्तिक एकबर्ष
शुल्क नि: शुल्क(तर, भाषा सिक्न सहयोगमा लाग्ने लागत (स्वयंसेवकको यातायात खर्च, पाठ्यपुस्तक, फोटोकपि शुल्क, आदि) बिधार्थी द्वारा भुक्तान गरिनेछ।)
आबेदन आबेदन फारम भरि, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र मा ल्याउनुहोला ।
हुलाक वा इमेल चाहिं, लिनेछैनौ।

बारम्बार सोधिने प्रश्नहरू

Q1 भाषा सिक्न सहयोग चाहिं कसरि सुरुगर्नु हुन्छ?

A1

  1. SenTIA बाट स्वयंसेवकको परिचय गराउने छौ।
  2. स्वयंसेवक सँग भेटि、पढने बिषयको निर्णय गर्नेछन।
  3. समस्या नभएमा, भाषा सिकाउन सहयोग सुरु हुनेछ।

Q2 भाषा सिकाउन सहयोग कहाँबाट प्रदान गर्नुहुन्छ?

A2

  • सार्वजनिक केन्द्र, क्याफे आदि बाट सिकाउने छौ ।

Q3 कस्तो खालका मानिसहरु स्वयंसेवा गर्दैछन?

A3

  • पहिलो पटक जापानी भाषा सिकाउन सहयोग सुरुगरेको व्यक्ति, धेरै पटक सहयोग गर्दै आइरहेका व्यक्ति, बिभिन्न थरीका व्यक्तिहरु छन । स्वयंसेवकहरु संग छलफल गर्दै, पढाईको बिषय निर्णय गरि भाषा सिक्न सहयोग प्राप्त गरौं।

Q4 भाषा सिक्न सहयोग लागत (पैसा)चाहिं कस्ले तिर्छ नि ?

A4

  • मूलतः, विधार्थीले तिर्छन्। उदाहरण: स्वयंसेवकको यातायात खर्च, पाठ्यपुस्तक शुल्क, फोटोकपि शुल्क, आदि

Q5 नजिकमा भाषा अध्ययन गर्न सकिने ठाउँ छैन?

A5

  • अनलाइनबाट अध्ययन गर्न सकिने ब्यबस्था पनि छ। यदि, तपाइँसँग इन्टरनेट जोडिएको कम्प्युटर वा ट्याब्लेट छ भने, घरैबाट पनि अध्ययन गर्न सक्नुहुन्छ।