के तपाईं, घरकै कोठा जस्तो बातावरण भएको कक्षामा, रमाईलो सँग जापानी भाषा अध्ययन गर्न चाहनुहुन्छ?
यो प्रत्येक हप्ता मंगलबार देखि शुक्रबार सम्म सञ्चालन गरिने जापानी भाषाकक्षा हो। प्राथमिक तह देखि माध्यमिक तहसम्म, स्थर अनुसारको कक्षा बिभाजन गरि अध्यापन गराईने छ। खान्जीको कक्षा वा जापानको दैनिक जीवनयापन सम्बन्धि बारेमा सिक्ने अवसर पनि पाईनेछ। सबै कक्षामा अनुभबले भरिपूर्ण प्रशिक्षकहरुले अध्यापन गराउने छन। कक्षा चाँही अप्रिलदेखि पहिलो सेमेस्टर र अक्टोबरदेखि दोश्रो सेमेस्टर शुरु हुनेछ। आउनुहोस रमाईलो सँग जापानी भाषा अध्ययन गरौं।
लक्षित बर्ग | प्राथमिक तह, माध्यमिक तह र खान्जी अध्ययन आदि |
कक्षा संचालन अवधि | पहिलो सेमेस्टर अप्रिल देखि सेप्टेम्बर, दोश्रो सेमेस्टर अक्टोबर देखि मार्च |
पढाई हुनेदिन, समय | ※कक्षा अनुसार फरक फरक हुनेछ। |
पढाई शुल्क | नि:शुल्क ※पाठ्यपुस्तक शुल्क आफैले तिर्नुपर्ने हुन्छ।/td> |
स्थान | आओबा कु च्युयो सिमिन सेन्टर(सेन्दाई सिटि आओबा कु इचीबाँच्यो २-१-४) |
सम्पर्क | आओबा कु च्युयो सिमिन सेन्टर टेलिफोन: ०२२-२६३-५०१० (जन संघ) सेन्दाई पर्यटन तथा पर्यटन अन्तर्राष्ट्रिय संघ टेलिफोन: ०२२-२६८-६२६० |

डाउनलोड गर्नुहोस
せんだい日本語講座「2025年度前期案内(नेपाली भाषा・ネパール語)」[PDF]申込書(नेपाली भाषा・ネパール語)[PDF]
申込書(नेपाली भाषा・ネパール語)[Word]