विदेशसँग सम्बन्ध भएका बालबालिकालाई जापानी भाषा र बिधालयको पाठ्यपुस्तक अध्ययनमा मद्दत गर्ने गर्छौ।

विदेशसँग सम्बन्ध भएका प्राथमिक बिधालय देखि उच्चमाध्यमिक बिधालय सम्मका बालबालिकालाई जापानी भाषा र बिधालयको पाठ्यपुस्तक अध्ययनमा मद्दत गरिन्छ। घरमा बच्चालाई आफुसँग सँगै पढाई रहेको जस्तो भावनाका साथ काम गर्ने गरिन्छ।

साथै, विदेशसँग सम्बन्ध भएका बालबालिकालाई सहायता गर्ने व्यक्तिहरु को लागिको अध्ययन सत्र पनि आयोजना गरिन्छ। अध्ययनको लागि सहायता गर्ने व्यक्तिहरुको लागी「नियमित वैठक」र「शैक्षिक सामग्री पुनर्लेखन निर्माण बैठक」को अध्ययन सत्र चाँही, अनलाइन (Zoom) बाट आयोजित गरिनेछ। यो सर्वसाधारण को लागी भएको हुँदा, जो कोहीले पनि निर्धक्क सँग सहभागी हुन सक्नुहुन्छ।

बिदेशीनागरिकको बालबालिका सहायता संघ होमपेज
https://kodomosupport.jimdo.com/

लक्षित बर्गप्राथमिक, माध्यमिक र उच्चमाध्यमिक बिधालयका विधार्थीहरु
कक्षा संचालन अवधिवर्षभरि नै
पढाई हुनेदिन, समयबिधालयको समय पछि, शनिबार, आईतबार मध्येबाट हप्ताको एकपटक (2 घण्टा)
पढाई शुल्कवार्षिक दर्ता शुल्क: १,००० येन, पढाई शुल्क भने नि: शुल्क
स्थानएलसोरा सेन्दाई (सेन्दाई स्टेशन नजिकैको 「आएरु」बिल्डिंगको २८ औं तल्ला)
※अनलाइनबाट पनि पढाउने कार्य गर्दछौं।
सम्पर्क(Ms. Fujiwara)
टेलिफोन : 090-2536-9429
इमेल : kodomo.sup.sendai@outlook.jp
विधार्थी सदश्य र सहायक सदश्य
अन्तरक्रिया कार्यक्रम शरद ऋतु (आकी)
सबै विद्यार्थी सदस्यहरूलाई (नेपाली)डाउनलोड गर्नुहोस