बच्चा हेरचाहको सुविधा भएकाले, साना बच्चा भएका व्यक्तिहरुले पनि ढुक्क भै साथमा लिएर जान सक्नुहुन्छ।

यो जापानी भाषाकक्षा चाँही सेन्दाईमा बसोबास गर्ने विदेशीनागरिकहरूको लागि हो। जापानको दैनिक जीवनयापनमा आवश्यक पर्ने दैनिक कुराकानी वा सँस्कृति, परिक्षाको लागी गर्नुपर्ने पुर्बतयारी जस्ता कुराहरु को अध्ययन गर्न सकिन्छ। जापानी भाषा कसरी सिकाउने भनेर प्रशिक्षण लिएका अनुभवी स्वयंसेवकहरूले मार्गदर्शन गर्नेछन। बच्चा हेरचाहको सुबिधा पनि छ। साना बच्चा भएका व्यक्तिहरु पनि ढुक्क भै साथमा लिएर जान सक्नुहुनेछ। तपाइँ कुनै पनि समयमा, अध्ययनको लगी जान सक्नुहुनेछ। अवश्य, एकपटक अबलोकन गर्नुहोला।

जापानी भाषा टि-रुम को होमपेज
https://jptearoom.jimdofree.com/

लक्षित बर्गशुरुवाती तह, प्राथमिक, निम्न र माध्यमिक तह, उच्चमाध्यमिक तह
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयप्रत्येक बुधवार र शुक्रबार १०:०० बजेदेखि ११:३० सम्म
पढाई शुल्कदर्ता शुल्क (पाठ्यपुस्तक शुल्क भने अलग लाग्ने छ)
पहिलो सेमेस्टर (अप्रिल देखि जुलाई) २,००० येन
दोस्रो सेमेस्टर (सेप्टेम्बर देखि डिसेम्बर) २,००० येन
तेश्रो सेमेस्टर (जनवरी देखि मार्च) १,००० येन
स्थानयागीयामा सिमिन सेन्टर
सेन्दाई सिटि ताईहाकु कु यागीयामा होनमाची १-४३
टेलि:०२२-२२८-११९०
सबवे तोजाइ लाइन 「यागीयामा दोउबुचु कोएन स्टेशन」को नजिकै
सम्पर्कटेलिफोन: ०२२-२२८-११९० (यागीयामा सिमिन केन्द्र)
इमेल: yagiyama-siminc@hm-sendai.jp
※बच्चा हेरचाहको सुविधा छ (सिमित संख्या भएको हुनाले, पुर्व जानकारी आवश्यक पर्ने)

डाउनलोड गर्नुहोस

नेपाली भाषा[PDF]डाउनलोड गर्नुहोस
यातायातको पहुँच, सबवेडाउनलोड गर्नुहोस