【सहभागीताको लागी आबेदन खुल्ला】जापानी भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक, निम्न र माध्यामिक विधालयका बिधार्थीहरुका लागि अनलाइन कक्षा(जुन १७ तारिक देखि जुलाई ९ तारिक सम्म)(小中学生のためのオンライン教室)

 

जापानी भाषा मातृभाषा को रूपमा नभएका बालबालिकाहरुको लागि भाषाकक्षा संचालन गरिएको छ।

तपाई आफुसंग भएको कम्प्युटर, ट्याब्लेट, वा स्मार्टफोन प्रयोग गरेर सहभागी हुन सक्नुहुन्छ।

मियागी शैक्षिक विश्वविद्यालयका विद्यार्थी स्वयंसेवकहरूले जापानी भाषा वा विधालयका पाठ्यपुस्तकहरुको अध्ययन गर्न मद्दत गर्नेछन।

 

【लक्षित】

・जापानीज भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक विधालय बाट माध्यामिक विधालय सम्मका बालबालिका

※उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरूले पनि भाग लिन सक्छन। कृपया परामर्श गर्नुहोस।

※WEBवेब प्रणाली「Zoom」को प्रयोग गरि, कक्षा संचालन गरिनेछ। (इन्टरनेट चलाउन मिल्ने कम्प्युटर, ट्याब्लेट वा स्मार्टफोन छैन भने SenTIA मा सम्पर्क गर्नुहोस।)

    >https://zoom.us/meetings

【अवधि】

मिति र समय :२०२६ जुन १७ तारिक(बुध)देखि जुलाई ९ तारिक(बिहि)

बुधबार वा बिहिबार हप्ताको एकपटक बेलुका ५ बजेदेखि ६ बजेसम्म

【स्थान】

घर तथा इन्टरनेट चलाई पढन मिल्ने ठाउँ

【सहभागी शुल्क】

निशुल्क(0येन)

【आवेदन】

WEB फारममा आवश्यक पर्ने जानकारी लेख्नुहोस। आवेदन फारम भर्न नजान्ने व्यक्तिहरुले SenTIA मा फोन गर्नुहोस वा मेल गर्नुहोस।

URL:https://forms.gle/ZrK5qh2j35V7j3Sz9 

【अन्तिम म्याद】

जुन २९ तारिक(शुक्र)बेलुका ५ बजे सम्म

सम्पर्क गर्ने स्थान:सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय संघ(SenTIA)अन्तर्राष्ट्रिय सम्बध बिभाग

फोननम्बर ०२२-२६८-६२६०

इमेल m-sato*sentia-sendai.jp 

कृपया “*”लाई “@” राखेर पठाउनुहोस्

आयोजक:मियागी शैक्षिक विश्वविद्यालय、सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय संघ(SenTIA) सहयोग:मियागी प्रान्त अन्तर्राष्ट्रिय संघ宮城県国際化協会(MIA)