【आवेदन खुला】सेन्टिया अनलाइन जापानी भाषा(२०२६ नोभेम्बर १३ तारिक (शुक्र) देखि २०२७ जनवरी २२ तारिक (शुक्र))(SenTIAオンラインにほんご)
जापानी भाषा पहिलोपटक अध्ययन गर्ने व्यक्तिहरुका लागी, सामान्यत सजिलो कुराकानी गर्न सक्षम भईनेछ
■समय:२०२६ नोभेम्बर १३ तारिक (शुक्र) देखि २०२७ जनवरी २२ तारिक (शुक्र)
प्रत्येक हप्ताको शुक्रबार बिहान १० बजे देखि १२ बजे सम्म
■संख्या: सबै गरेर १० पटकको कक्षा संचालन
■तरिका:
・पहिलो, छैटौं र दशौं पटकको अध्ययन चाँही SenTIA को चौथो तल्लाको सम्मेलन कक्षमा (※) आयोजना गरिनेछ।
・त्यसबाहेक भने अनलाइन (zoom) बाट कक्षा संचालन हुनेछ।
※「SenTIA」 भएको ठाउँ
सेन्दाई सिटि आओबा कु इचिबंच्यो ३-३-२०
नक्सा: https://maps.app.goo.gl/HeA5Tca5xTrerGwf8
■लक्षित:
तलका सबै मापदण्ड अन्तर्गत पर्ने व्यक्तिहरू (क्षमता : १५ जना)
・सेन्दाई शहरमा बसोबास गरेको
・जापानी भाषा पहिलोपटक अध्ययन गर्ने व्यक्ति, फेरि एकपटक जापानी भाषा सुरुबाट अध्ययन गर्न चाहाने व्यक्ति
・१६ वर्ष भन्दा माथिका व्यक्ति
・सकेसम्म, १० औं पटक सम्मको सबै भागमा सहभागी हुन सक्ने व्यक्ति
■पाठ्यपुस्तक:मौलिक परिचयात्मक (न्यूनमोन तेकिस्तो) पाठ्यपुस्तक आदि प्रयोग गरिनेछ।
■बिषय समाग्री: यस जापानी भाषाकक्षामा, सैदान्तिक रुपका जापानी भाषाको अध्ययन गर्दै, सेन्दाईको दैनिक जीवनयापन बारेको आवश्यक ज्ञान सिक्नेछौ। हिरागना, कताकाना, थोरै खान्जीहरु अध्ययन गर्छौ। क्रिया (verb) आदिको प्रयोगको बारेमा अध्ययन गरिनेछैन। सबै कक्षाहरु जापानी भाषामा मात्र सञ्चालन हुनेछ।
■सहभागि शुल्क:निशुल्क (0 येन)
■आबेदन:https://forms.gle/n2oh5EhcKVZb7gJQ6
नोभेम्बर ५ तारिक (बिहि) सम्ममा आबेदन फारम भरि पठाउनुहोस।
■सम्पर्क:(जनहित) सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA) टेलिफोन : (०२२) २६८-६२६० / इमेल : a-chida@sentia-sendai.jp
-724x1024.jpg)
-724x1024.jpg)