यो भाषाकक्षा २००२ देखि सुरु भएको हो। काचुरा सिमिन सेन्टरमा अवस्थित, प्रत्येक हप्ताको शुक्रबार बिहान १०:०० देखि ११:३० सम्म सञ्चालन गरिरहेकाछौं। प्राथमिक तह र माध्यमिक तहको व्यक्ति लक्षित गरि सानो समूह प्रणालीमा शिक्षक र विधार्थी एक एक जना मात्रैले अध्यापन गराईन्छ। दैनिक जीवनयापनमा गरिने कुराकानीलाई मध्यनजर गरि, विद्यार्थीहरूको अनुरोध सुन्दै अगाडि बढिरहेका छौं। यस समयमा उपस्थित हुन नसक्ने विद्यार्थीहरूलाई हामी अनलाइनबाट पनि पढाउँछौं।
हाल, (२०२३ अप्रिल महिना) शिक्षक १६ जना छन। ती सबैले विभिन्न समयमा, जापानी भाषा कसरी सिकाउने भन्ने विषयमा तालिम र कक्षा पूरा गरेका छन। युवादेखि वृद्धसम्मका व्यक्ति भै, सँगै मिलेर सौहार्दपूर्ण वातावरण काम गरिरहेका छौ।
नियमित कक्षाको अतिरिक्त, विद्यार्थीहरूद्वारा भाषण सत्र र जापानी संस्कृतिको परिचय (मन्दिर भ्रमण, जापानिज कलम र मसिले लेख्ने कक्षा), खाना पकाउने कक्षा जस्ता रमाइलो कार्यक्रमहरू पनि आयोजना गर्ने गरेका छौं। (विगत तीन वर्षदेखि, कोरोनाभाइरसका कारणले मन्दिरको भम्रण र खाना पकाउने कक्षाहरू चाँही रोकिएको छ।)
तपाईं कुनै पनि समयमा सहभागी हुन सक्नुहुन्छ। अध्ययन शुल्क लाग्नेछैन। यदि तपाइँलाई चाहना छ भने, तलको स्थानमा सम्पर्क गर्नुहोस।
इजुमी जापानी भाषाकक्षा सालोनको होमपेज
https://katsura3191.jimdofree.com
| लक्षित बर्ग | जो कोहि |
| कक्षा संचालन अवधि | जहिले बाट पनि |
| पढाई हुनेदिन, समय | प्रत्येक शुक्रबार बिहान १०:०० बजेदेखि ११:४५ (सार्बजनिक बिदा, वर्षको अन्त्य र नयाँ वर्ष बिदा, गोल्डेन वीक र ओबोन बिदा बाहेक) |
| पढाई शुल्क | नि:शुल्क (पाठ्यपुस्तक शुल्क र कक्षामा पढ्नको लागि आवश्यक सामग्रीहरूको लागत विद्यार्थी आफैले किन्ने) |
| स्थान | खाचुरा सिमिन सेन्टर भित्रको बैठक कोठा सेन्दाई सिटि इजुमी कु खाचुरा ३-१९-१ टेलिफोन: ०२२-३७५-०५५० |
| सम्पर्क | (आचुमी) टेलिफोन : ०९०-४३१२-५४३१ इमेल:atsumi19511228@yahoo.co.jp |


