हाम्रो संस्था सन् २००२ देखि सक्रिय छ । कार्यकारी सदस्यहरू ३० जना छौं, जसमध्ये आधाभन्दा बढी चाँही १० वर्षभन्दा बढी समयदेखि सक्रिय रुपमा कार्य गतिविधि गरिरहेकाछौं। जापानी भाषा शिक्षाको अध्ययन गरेका, जीवनमा धेरै अनुभव र ज्ञान बटुलेका कार्य सदस्यहरुले विधार्थीहरुको सँग जस्तोसुकै विषयमा पनि प्रतिक्रिया गर्नु सक्नेछौं। जापानी भाषा सिक्न चाहने व्यक्ति जो कोही, जुनसुकै स्तरमा पनि बुकिंग नगरीकन पनि नि:शुल्क सहभागी हुन सक्नुहुन्छ। सैदान्तिक रुपमा, एक जना विधार्थीलाई एक जना शिक्षक उपलब्ध गराई, जापानी भाषामा कुराकानी गर्ने अभ्यास र जापानी भाषामा गरिएको प्रश्नको उत्तर दिनेछौ। बुकिंग नगरीकन पनि सहभागी हुन सक्नुहुन्छ। सहभागी हुनपनि र छोड्न पनि तपाईको इच्छा अनुसार स्वतन्त्र रुपमा सक्नु हुनेछ। बिधालयमा अथवा व्यक्ति रुपमा जापानी भाषाको किताबहरु पढेको तर अझै जापानिज सँग कुराकानी गर्ने हिम्मत भएको छैन जस्तो लाग्ने व्यक्तिहरु अवश्य, सहभागी भै जापानी भाषामा कुराकानी गर्ने बानी बसाल्नुहोस। हामी स्वयंसेवकहरू पनि विभिन्न देशका मानिसहरू सँग भेट्न र कुराकानी गर्न उत्सुक छौं। यदि तपाइँलाई इच्छा छभने, कृपया तलको वेबसाइट हेर्नुहोस्।

『निहोन्गो नो मोरी』होमपेज
https://yoshinari126.jimdofree.com

लक्षित बर्गजो कोहि
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयप्रत्येक मङ्गलबार र शुक्रबार दिउँसो १:०० बजे देखि २:३० बजे सम्म
पढाई शुल्कनिशुल्क
स्थानतोहोकु विश्वविद्यालय खावाउची क्याम्पस सम्मेलन कक्ष A A403 कक्षा कोठा
सम्पर्कनिहोन्गो नो मोरी
(सासाकी) इ-मेल:luzdeaki@gmail.com
हालका कार्य गतिविधिहरू (२०२३ मार्च २४ तारिक)
भूकम्प आएमा के गर्ने भन्ने बारे अभ्यास