तपाईंले उच्च माध्यमिक विद्यालयको अध्ययन पुरागरि ग्राज्युएसन गरेपछि, आफ्नो भविष्यका योजनाको लागी बिभिन्न बाटोहरु खुल्ने छ। विश्वविद्यालय र व्यावसायिक विद्यालयहरूको लागि प्रवेश परीक्षा दिन सक्नुहुन्छ। साथै, रोजगारीको लागी बिभिन्न काम गर्ने ठाउँहरु रोज्न पाइनेछ।
साथै, माध्यमिक बिधालयमा भन्दा उच्चमाध्यमिक बिधालयमा,अन्य बिभिन्न स्थानबाट विधार्थीहरु आउने भएको हुँदा, नयाँ साथीहरु बनाउने अवसर पनि हुन्छ। उच्च माध्यमिक बिधालय भनेको आफ्नो बारेमा (तपाईंलाई केमा रुचि छ, आफ्नो निबर्लपक्ष र सबल पक्ष) आफैले जान्ने अवसर पनि हो।
जानकारीहरु सङ्कलन गरि, आफ्नो परिवार, विद्यालयका शिक्षकहरू र विश्वासिला व्यक्तिहरूसँग परामर्श लिई यसको बारेमा सोचौं।
*यो वेबसाइट सेन्दाई शहरमा बसोबास गरेका माध्यमिक बिधालयका विद्यार्थीहरू देखि लिएर उच्च माध्यमिक बिधालयको प्रवेश परीक्षा दिने विचार गरिरहेकाहरूका व्यक्तिहरुको लागि हो।
यदि तपाईं मियागी प्रान्त सेन्दाई शहर बाहिर बस्नुहुन्छ भने, आफ्नो स्थानीय क्षेत्रको शिक्षा कार्यालय वा अन्तर्राष्ट्रिय संघसँग परामर्श गर्नुहोस।





